(नेपाल क्राईम) नेपालका अनलाइन टिभीकर्मीहरूको छाता संस्था ‘अनलाइन टिभी पत्रकार संघ’ले आजदेखि चैत्र ५ गतेसम्मका लागि ‘सदस्यता सप्ताह’ घोषणा गरेको छ ।चैतको दोस्रो हप्ता अधिवेशन गर्ने निर्णय भएकाले चैत्र ५ गतेभित्र सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता फाराम भर्ने मिति तोकिएको हो। संघको यही फागुन २५ गते बसेको बैठकले २७ गतेदेखि सदस्यता सप्ताह सञ्चालन गर्ने निर्णय गरेको हो। अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका देशभरका अनलाइन टिभी पत्रकारहरूले संघका पदाधिकारी तथा सदस्यहरूसँग सदस्यताका लागि सम्पर्क गर्न सक्ने संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए।