(नेपाल क्राईम)
सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेक्वा शैलेश्वरी कञ्चनपुरले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब ५ लाख २० हजार ९४० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका मातहत कार्यालयहरूबाट खटिएको टोलीले भारतबाट चोरीपैठारी गरी नेपाल भित्र्याइएका कपडा, किराना सामान, तरकारी तथा २ वटा खसी नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालयमा बुझाएको छ।