काठमाडौंले जिल्ला प्रशासन कार्यालयले केही स्थानमा दुई महिनाका लागि  लगाइयो निषेधाज्ञा

(नेपाल क्राईम)

काठमाडौंले जिल्ला प्रशासन कार्यालयले केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका ठाउँमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासनले आइतबार (फागुन २५) गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको बताएको छ।