सप्तरी जिल्लामा ड्युटीमा खटिएका बेला प्रहरी कर्मचारीले मोबाइल चलाउन नपाउने

(नेपाल क्राईम)                                                            सप्तरी जिल्लामा ड्युटीमा खटिएका बेला प्रहरी कर्मचारीहरुले मोबाइल चलाउन नपाउने भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले ड्युटीमा खटिएका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाइने प्रावधान लागू गरेको छ । खटिएका बेला कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि भने मोबाइल प्रयोग गर्न पाउनेछन् ।

ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले मोबाइल प्रयोगमा रोक लगाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।