( नेपाल क्राईम) हङकङबाट काठमाडौं आएका एक युवा कोकिनसहित विमानस्थलमा समातिएका छन् ।पक्राउ पर्नेमा सुनसरी घर भएका २५ वर्षीय मनिश राई छन् । नेपाल एअरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनी ३ ग्राम २९ मिलिग्राम कोकिनसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको चेकिङ एरियाबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।