(नेपाल क्राईम) नेपाल तरुण दल खजुरा गाउँपालिकाका अध्यक्ष कोमल सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले विगतका स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस परित्याग गरी अन्य दलमा प्रवेश गरेका व्यक्तिहरूलाई नेपाल तरुण दलको पूर्णकालीन सदस्यता प्रदान गर्न दबाब आउने क्रम बढ्दै गएकाले उक्त दलमा बस्न नसक्ने निर्णय गरेको उल्लेख गरेका छन्।सिंहले राजीनामा दिने घोषणासँगै उनले संगठनमा आन्तरिक विचलन बढ्दै गएको र आफ्नो विचार तथा प्रतिबद्धतासँग मेल नखाने अवस्थाले आफूलाई बाध्य पारेको बताएका छन्।