पानीको बोरिङबाट आगोको ज्वाला निस्कियो

(नेपाल क्राईम)

ललितपुरको टिकाथलीमा खानेपानीको बोरिङ्ग खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ । महालक्ष्मी नगरपालिका– ५ गोदावरी खोला नजिक खानेपानी बोरिङ्गको पाइप गाडेको ठाउँबाटै आगोको ज्वाला निस्किएको हो ।

बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले जानकारी दिए ।