(नेपाल क्राईम)                                                         संसदमा छलफल भइरहेको प्रहरी ऐनमा आफ्ना विषयहरू नसमेटिएको भन्दै प्रहरी अस्पतालमा कार्यरत चिकित्सकहरूले आपत्ति जनाएका छन् । सरकारले नयाँ प्रहरी ऐन बनाउन प्रस्ताव गरेको मस्यौदामा प्राविधिकतर्फका प्रहरी कर्मचारीलाई पक्षपातपूर्ण व्यवस्था गरेको भन्दै चिकित्सकहरूले आपत्ति जनाएका हुन् ।सर्वोच्च अदालतले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको अवकाशसम्बन्धी व्यवस्था ऐनमै तोक्न निर्देशनात्मक आदेश दिएपछि सरकारले प्रहरी ऐन छलफलका लागि संसदमा पेश गरिसकेको छ । प्रस्तावित मस्यौदामा प्राविधिकतर्फका प्रहरी कर्मचारीको अवकाशसम्बन्धी व्यवस्थाले तल्लो दर्जाका प्राविधिक प्रहरीको बढुवा र वृत्ति विकासलाई रोक्ने प्राविधिक प्रहरीहरूले गुनासो गरेका छन् ।प्राविधिक प्रहरी र विशेषगरी डाक्टरहरूको अवकाशको हकमा पदावधि लागू नहुने व्यवस्था गरिँदा माथिल्लो दर्जाका प्राविधिक र डाक्टरहरूको अवकाश नहुने र तल्लो दर्जाका प्रहरीको बढुवा अवरुद्ध हुने उनीहरूको गुनासो छ ।