भारतबाट अवैध रूपमा भन्सार छली चोरी निकासी तथा पैठारी गरिएका विभिन्न सामानहरू बरामद

(नेपाल क्राईम)

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली चोरी निकासी तथा पैठारी गरिएका विभिन्न सामानहरू बरामद गरेको छ।

बरामद गरिएका सामानहरूको कुल अनुमानित मूल्य ९,३८,४४० रहेको छ। बरामद सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको छ।

सिद्धार्थनगर नगरपालिका वडा नं. ८, अञ्चलपुर क्षेत्रमा अवैध रूपमा भन्सार चोरी गरी ल्याइएका सामग्रीहरू प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बरामद गरिएका सामग्रीमा २६ थान साडी, १५० केजी चिनी, २० पिस काजु तथा अन्य किराना सामानहरू रहेका छन्, जसको अनुमानित मूल्य ५०,४४० रहेको छ। यस्तै, देवदह नगरपालिका वडा नं. ५, खैरेनीस्थित बेवारिसे अवस्थामा रहेको ८ बोरा, ४०३ थान लेडिज साडी पनि प्रहरीले फेला पारेको छ। उक्त कपडाको अनुमानित मूल्य ८,०६,००० रहेको छ।