प्रहरीले छापा मारेर नेपाली र भारतीय गरी २४ जना पक्राउ

(नेपाल क्राईम)

बूढानीलकण्ठको एक घरमा फेरि  अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ ।

गएराति प्रहरीले छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।