(नेपाल क्राईम)
सशस्त्र प्रहरी बल, नेपालका लागि रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा आजभोलिमा बढुवा सिफारिस प्रक्रिया टुंगो लाग्ने सम्भावना रहेको छ। गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै आज (आईतबार) साँझ ५ बजेसम्म आवेदन दिने समयसीमा तोकेको थियो।
समाचार स्रोतका अनुसार, बढुवा समितिको बैठक आजै बस्ने सम्भावना उच्च छ। यदि बैठक आज बस्न नसके, भोलि सोमबार निर्णय लिइनेछ।