(नेपाल क्राईम)
नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन्।
झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयमा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्।
तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनको मृत्यु कतिबेला भएको भन्ने खुलेको छैन।घटनाको थप अनुसन्धान अघि बढाएको छ।