(नेपाल क्राईम) बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शनिबार बेलुकी ७ बजेतिर बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको हो ।जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार घरको आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरी बोकेर थियो ।