(नेपाल क्राईम) विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपिएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पु¥याएवापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा प्रकाश बुढाथोकी सम्मानित भएका छन् ।उनी सो मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीनकार्य सञ्चालन केन्द्रको प्रमुखसमेत हुन् । अस्पतालको २३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा बुढाथोकीलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।सोही कार्यक्रममा महानिरीक्षक अर्यालले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेपाल प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, स्वास्थ्थ तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा श्रवणकुमार थापा, स्वास्थ्य सेवा विभागका इञ्जिनियर पद्या मिश्र, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे लगायतलाई पनि सम्मान गरेका थिए । सोही अवसरमा यसवर्षको ‘आइजी एपिएफ कमन्नडेशन’ सशस्त्र प्रहरी नायव उपरीक्षकत्रय उमेश कँडेल, डा आशिष थापा र अपूर्व श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल एपिएफ अस्पतालमा कार्यरत रही उच्च पेशागत दक्षता प्रदर्शन गर्ने सशस्त्र प्रहरी राष्ट्र सेवकलाई सो सम्मान अर्पण गरिन्छ ।