तास खेलिरहेको अवस्थामा  नौजना  पक्राउ

(नेपाल क्राईम)

कैलालीमा तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको आलिताल गाउँपालिका–३ की २८ वर्षीया पूजा खड्कासहितका व्यक्तिहरू छन् ।

धनगढी उपमहानगरपालिका–४ स्थित होटेल सोल्टीमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार (फागुन १) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।