युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको उद्धार

(नेपाल क्राईम)                                                             युक्रेनी सेनाको कब्जामा परेका दुई नेपाली उद्धारपछि स्वदेश फर्किने भएका छन् । गैरआवासीय नेपाली संघको पहलमा उद्धार गरिएका उनीहरू शुक्रबार दिउँसो काठमाडौं आइपुग्ने भएका हुन् ।  टर्किस्ट एयरलाइन्सको जहाजमार्फत् उनीहरू माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौं आउने गैरआवासीय नेपाली संघले जनाएको छ ।