(नेपाल क्राईम)
धनगढीको नोभा हस्पिटलको शौचालयमा एक जना बिरामी कुरुवा मृत फेला परेका छन् । बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् ।
१७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिए ।