(नेपाल क्राईम)
अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुनसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन बरामद गरिएको छ।