(नेपाल क्राईम)
दाङ घोराहीका एक युवक चरेशसहित पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका – १३ का २३ वर्षीय गोबिन्द सुवेदी प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए। शंका लागेर शरीर खानतलासी गर्ने क्रममा एक ७० मिलीग्राम चरेश र डाक्टरको सिफारिसमा मात्रै किन्न पाइने ट्याबलेट पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।