घाँस काट्न  जंगलमा गएका एक किशोरको मंगलबार करेन्ट लागेर मृत्यु

(रिशब वैश्य) बाँके

बाँकेको कोहलपुर नगरपालिकामा घाँस काट्न जंगलमा गएका एक किशोरको मंगलबार करेन्ट लागेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ का १४ वर्षीय सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार अर्याललाई कोहलपुर नगरपालिका–१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा करेन्ट लागेको थियो । घाँस काट्नका लागि कुसुमको रूखमा चढेका अर्यालले विद्युत्को हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको प्रनाउ भण्डारीको भनाइ छ ।