(नेपाल क्राईम) अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ घर भई हाल काठमाडौंको जिल्ला टोखा नगरपालिका- ६ बस्ने २५ वर्षीय भुवन कार्की रहेका छन् । उनले अमेरिका पठाउने भन्दै तीन जना व्यक्तिबाट एक करोड असुल गरेको प्रहरीले जनाएको छ ।