(नेपाल क्राईम)
काठमाडौंका केही स्थानमा आज (सोमबार) पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । आज इमाडोल– १ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको हो ।
ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् सेवा बन्द गर्नुपरेको हो ।