ठमेलको ड्रंकेन इन गेस्ट हाउसमा एक युवती मृत फेला

(नेपाल क्राईम)

ठमेलको ड्रंकेन इन गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् । रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गएराति गेस्ट हाउसको कोठा नम्बर २०२ मा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले उनी बसेको कोठाभित्रै समिरा मृत अवस्थामा भेटिएको जानकारी दिइन्