मृत अवस्थामा एक जनाको शव फेला

(नेपाल क्राईम)

बारामा मृत अवस्थामा एक जनाको शव फेला परेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।