नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा लिएका तीन जना बाँकेमा  पक्राउ

(महेन्द्र सिंह ) बाँके                                                         अर्कैको नामको जग्गाको नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा लिएका तीन जना बाँकेमा  पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १ का २२ वर्षीय गौरव कार्की, सोही ठाउँका ३५ वर्षीया ईश्वरी माया रोका र बाराको जितपुर नगरपालिका– ३ का ३५ वर्षीय दिलिपकुमार सिंह छन्।उनीहरूले बाँकेको डुडुवा गाउँपालिका– ५ को कित्ता नम्बर १५१ र कित्ता नम्बर १५२ को ३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाई काठमाडौंमा शाखा रहेको एक बैंकबाट एक करोड २० लाख रूपैयाँ कर्जा लिएका थिए।गौरव, ईश्वरी र दिलिपले कर्जा लिएको रकम आपसमा बाँडफाँट गरी ठगी गरेको  जिल्ला प्रहरी बाँकेका प्रमुख तुल बहादुर कार्कीले बताए।