१५ खेलाडीको विषेश बढुवा

(नेपाल क्राईम)

सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ।

महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ।यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र सरु लिम्बु , भलिबलकी हिरा केसी र कविता भट्ट, उसुका अशोक खालिङ र कविता थापा छन् ।

त्यस्तै ह्यान्डबलकी वन्दना राई, करातेका मोहम्मद सेखु आलम, क्रिकेटका सन्दीप जोरा, फुल कन्ट्याक्ट करातेका सन्जय राई, कबड्डीकी रविना चौधरी सहायक हवल्दारमा बढुवा भएका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक (नेपाल एपिएफ क्लबका अध्यक्ष) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकास घिमिरेले ज्यूबाट विभिन्न विशेष बढुवा भएका १५ खेलाडीलाई मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।