डिआईजी चन्दको निरीक्षण

(नेपाल क्राईम)

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दले कैलालीको फूलबारीस्थित आसरा सुधार केन्द्रको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले सुधार केन्द्रको भौतिक संरचना, मेस, उपचाररत सदस्यहरुको आवास तथा सरसफाइको अवस्थाका साथै केन्द्रबाट दैनिक रुपमा सञ्चालन हुँदै आएको गतिविधिहरुको बारेमा जानकारी लिएका थिए।

त्यस्तै उनले त्यहाँ उपचाररत व्यक्तिहरुसँग अन्तक्र्रिया समेत गरे। उक्त सुधार केन्द्रका संरक्षक प्रदेश प्रहरी प्रमुख रहने व्यवस्था छ। मनैबाट प्रयास गरे दुर्व्यसनबाट मुक्त हुन सकिने प्रहरी नायब महानिरीक्षक चन्दले बताए।