सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको आरोपमा दुईजना पक्राउ

(नेपाल क्राईम)

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८, धुले बेसीघर भई काठमाडौं महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् ।

उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपश्चात् पीडितका आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।