(नेपाल क्राईम) स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालत बाहिर निस्किएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ ।सहकारी ठगी मुद्दाका प्रतिवादी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीविरुद्ध बुधबार भएको थुनछेक बहसमा त्रिपाठीले पीडितका तर्फबाट बहस गरेका थिए । अदालतबाहिर रविका समर्थकले नाराबाजी गर्दै त्रिपाठीलाई धक्कामुक्का गरेका थिए । त्रिपाठी भूइँमा लडेपछि भीडबाटै केही युवा र प्रहरीले घेरा हालेर उनको उद्धार गरेका थिए ।