(नेपाल क्राईम) कञ्चनपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका- ७ कस्रौलका ४९ वर्षीय खडकबहादुर खड्का छन् ।उनलाई शुक्लाफाँटा नगरपालिका- ८ स्थित सुन्देवी महिला सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।