(नेपाल क्राईम)
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका दुई डीआईजीको पदस्थापन भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उनीहरुको पदस्थापनको निर्णय भएको प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ।
एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभागमा पदस्थापन भएका छन्। अर्का एआईजी रविन्द्र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ।