रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

(नेपाल क्राईम)

रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्कालाई शुक्रबार राति पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।

घरायसी विषयमा झै–झगडाको क्रममा रुद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।