११ शाखा अधिकृत उपसचिवमा बढुवा

(नेपाल क्राईम)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल कृषि सेवाका लाइभ स्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ २, बाली विकास (एग्रोनोमी) समूहतर्फ २, बाली संरक्षण समूहतर्फ ४, र एगृ इको. मार्केटिङ एण्ड म्टाटिष्टिक्स समूहतर्फ ३ जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।