(नेपाल क्राईम)
पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको पुल भासिएपछि (भाँचिएपछि) तीनवटा अस्थायी रुटमार्फत गाडी पठाउन थालिएको छ।
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले तीनवटा रुट प्रयोग गरेर गाडी पठाउन थालिएको जानकारी दिए।
उनका अनुसार पहिलो रुट दुम्किबासबाट होङ्सी गेट हुँदै बढी घुम्नुपर्ने रहेको र उक्त सडकबाट साना सवारीसाधनलाई पठाइएको छ।
दोस्रो रुट ज्यामिरेबाट गुम्बा निस्कने रहेको ५ किलोमिटरको रुट रहेको र त्यसबाट ठूला सवारीसाधनलाई पठाउन थालिएको छ। अर्को पुल नजिकैबाट खोलामा अस्थायी डाइभर्सन गरिएको रुट छ, त्यो रुटमा अत्यावश्यक र छिटो जानुपर्ने सवारीसाधनलाई पठाइएको छ।