इटहरीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध सभा

(नेपाल क्राईम)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्र्रपा)ले आज इटहरीमा प्रदर्शन गर्दैछ । भ्रष्टाचार र कुशासनको विरोधमा भण्डाफोर कार्यक्रम भन्दै राप्रपाले इटहरीमा विरोधसभा आयोजना गरेको हो ।

सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाको शक्ति प्रदर्शनको रूपमा लिएको यो विरोधसभाअघि तीन स्थानबाट ¥याली निकाल्ने तयारी भएको छ ।¥यालीको अगुवाइ राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही लगायतका नेताहरूले गर्ने राप्रपा कोशी प्रदेशका प्रवक्ता विजय राउतले बताए ।