बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट

(नेपाल क्राईम)

कैलालीमा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गर्ने मनोज चौधरी गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।