काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प

(नेपाल क्राईम)

राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन्।सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामासमेत महसुस भएको छ ।