(नेपाल क्राईम) नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका (एआईजी) हरुले पनि कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउने भएका छन् ।सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै राहदानी पाउनेहरुको सूचीमा एआईजीलाई थपेको हो । यो सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथी समेत रहेका छन् ।यसअघि यो सूचीमा नेपाल सरकारका सचिव, नेपाली सेनाका प्रधान सेनापति र रथी तथा प्रहरीका महानिरीक्षकसम्म समावेश थिए ।