मोटरसाइकल नालामा खस्दा २२ वर्षीय युवकको मृत्यु

(नेपाल क्राईम)

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय एक युवकको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका –५ मा आज बिहान मोटरसाईकल दुर्घटना हुँदा महोत्तरीको जलेश्वर नगरपालिका घर भई हाल तनहुँको व्यास नगरपालिका –२ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको हो ।