(नेपाल क्राईम)
कैलालीको अत्तरियामा अवैध काठसहित एक जना पक्राउ परेका छन्।
शुक्रवार चुरे गाउँपालिका–६ का २७ वर्षीय भक्तबहादुर थापा अवैध काठसहित पक्राउ परेका हुन्। उनले चलाएको से १ ख १३५० नम्वरको मिनिट्रकमा इलाका प्रहरी कार्यालय मालाखेती मातहतको अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।