बाँके प्रहरीले डाँका – चोरी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई ३० बर्षपछि पक्राउ गर्न सफल भएको छ। यो जिल्ला प्रहरी कार्यालय बाँकेलाई ठुलो सफलता हो।
पक्राउ पर्नेमा राप्तिसोनारी गाउँपालिका-७ फत्तेपुरका ५० वर्षीय नन्कौ मल्लाह रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बाँके जिल्ला अदालतले २०५१ चैत ८ गते नन्कौलाई डाँका – चोरी मुद्दामा दोषी ठहर गर्दै ५ बर्ष ११ महिना ४ दिन कैद र ५ हजार २८६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो।अदालतको फैसला पश्चात् फरार रह्दै आएका नन्कौलाई आज बाँकेमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो।