पर्सामा घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय पियुसकुमार साहको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्याइएको थियो । तर, अस्पतालले मृत घोषणा गरेको पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।