जिल्ला प्रहरी कार्यालय बॅाकेको नयाँ कार्यालय प्रमुख राम प्रसाद घर्ती मगरले पदभार ग्रहण गरे

(महेन्द्र सिंह )

नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौको मिति २०८०।१२।२८ गतेको पत्रादेशअनुसार जिल्ला प्रहरी कार्यालय बॅाकेको नयाँ कार्यालय प्रमुखको रूपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले एक औपचारिक तथा आत्मीय कार्यक्रमबीच पदभार ग्रहण गर्नुभएको छ।

उक्त कार्यक्रममा उहाँलाई स्वागत गर्दै जिल्ला प्रहरी कार्यालयका अधिकृतहरू, मातहत इकाईका प्रतिनिधिहरू तथा सुरक्षाकर्मीहरू उपस्थित थिए।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौको मिति २०८२/१/१५ गतेको आदेशअनुसार नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्की काज सरुवा भई जान लाग्नु भएका प्रहरी प्रमुख उपरीक्षक तुल बहादुर कार्कीलाई पारिवारिक तथा व्यवसायिक जिवन सफलताको शुभकामना सहित मायाको चिनो प्रदान  गरि एक कार्यक्रमका बीच  बिदाई गारिएको छ ।