(नेपाल क्राईम)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका एक व्यक्तिलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरीको सरूवा भएको छ।विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएको एसएसपी शेखर खनालले जानकारी दिए । उनले तीन जनाको जिम्मेवारी खोसेर आवश्यक छानिन तथा अनुसन्धान भइरहेको जनाएको छ।