(नेपाल क्राईम)
प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी कर्मचारीले खाइपाई आएको सेवा सुविधा बढाउन अध्ययन गर्न समिति गठन गर्न प्रशासन महाशाखालाई निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठकमा उनले नेपाल प्रहरीले खाइपाई आएको सेवा सुविधा बढाउन प्रशासन महाशाखाबाटै समिति बनाउने निर्देशन दिने पहिलो निर्णय गरेका हुन्।
महाशाखाले गठन गरेको समितिको प्रतिवेदन तथा सिफारिसका आधारमा प्रहरी कर्मचारीको सुविधा बढाउने निर्णय भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले बताए।