(नेपाल क्राईम)
काठमाडौंको नागर्जुन नगरपालिका–३, इचंगुस्थित शिशु निकुञ्ज विद्यालय नजिकै कोठामा कोइला बालेर सुतेको अवस्थामा एक शिशुको मृत्यु भएको छ भने दुई जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।
सिराहाको कर्जन नगरपालिका–६ स्थायी घर भई हाल नागर्जुन बस्दै आएका २७ वर्षीय कर्ण लामा, उनकी श्रीमती विपसा श्रेष्ठ र छोरी ६ महिनाकी हिल्सु लामा मंगलबार बेलुका आफ्नो कोठामा कोइला बालेर सुतिरहेका थिए।
बुधवार दिउँसो करिब ४ बजेको समयमा कर्ण लामाका पिता दानबहादुर लामाले कोठाको ढोका फोडी हेर्दा तीनै जना अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। तुरुन्तै उद्धार गरी गोंगबुस्थित बिनायक अस्पतालमा लगिएको र थप उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको थियो।