(नेपाल क्राईम)
जनकपुरधाममा आयोजन हुन लागेको रामायण कन्क्लेभमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने भएका छन्। कन्क्लेभको उद्घाटन आगामी शनिबार जनकपुरमा हुँदै छ।
भारतीय उत्तर प्रदेश सरकारको पर्यटन विभाग, जानकी मन्दिर विकास समिति र जनकपुर उपमहानगरको आयोजनामा अन्तर्राष्ट्रिय रामायण कन्क्लेभको आयोजना गर्न लागिएको हो। भारतले घोषणा गरेको रामायण सर्किटमा पर्ने जनकपुरधाममा दुई दिवसीय कार्यक्रम गर्न लागिएको हो।