सरकारले नेपाल प्रहरीको रासनभत्ता बढाउने तयारी

सरकारले नेपाल प्रहरीको रासनभत्ता बढाउने तयारी गरेको छ । सशस्त्र प्रहरीले भन्दा नेपाल प्रहरीले कम रासनभत्ता पाउने भएकाले विभेद हटाएर बढाउन लागिएको हो ।

भत्ता पुनरावलोकनसम्बन्धि प्रस्ताव प्रहरीबाट आएको र त्यसमा छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।

नेपाल प्रहरीले सशस्त्र प्रहरीले भन्दा ४ प्रकारका रासन कम पाउने गरेको छ। जसकारण प्रहरीको भत्ता कम हुने गरेको छ। जून विभेद हटाउन हालका गृहमन्त्री ओमप्रकाश अर्यालले नै पहल लिएका छन्।

सुरक्षा निकायलाई रासनमा विभेद हुँदै आएको छ। काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले दिनको करिब दुई सय रासनभत्ता पाउने गरेका छन् ।