नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी राजन अधिकारीको मोरक्को भ्रमण स्वीकृत

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको मोरक्को भ्रमण स्वीकृत भएको छ ।

हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले ९३ औं इन्टरपोल महासभामा सहभागी हुन अधिकारीलाई स्वीकृत प्रदान गरेको हो ।उक्त महासभा आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुँदैछ ।