पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ ।

बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।